काठमाडौं, (नेस)
निन्जा उसु क्वानकी प्रेमकुमारी आले मगरले अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको महिला नान छ्वानमा मंगलबार स्वर्ण जितेकी छन् । शिअ उसु क्वानकी अलिशा खाती दोस्रो र बलम्बु उसु क्वानकी अनुषा महर्जन तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको पुरुष नान् छ्वानमा पशुपति उसु क्वानका सागर खड्का पहिलो, बलम्बुका प्रवीण लामा दोस्रो र काठमाडौंका अम्बरबहादुर पुलामी तेस्रो भए । महिला छाङ छ्वानमा बलम्बुकी अस्मिता श्रेष्ठ पहिलो, शिअकी अलिशा खाती दोस्रो र बुद्ध प्रकाशकी मुना मगर तेस्रो भए । थाइची छ्वानको पुरुषमा कैलाली उसु क्वानका जनक बुढा तथा महिलामा बुद्ध प्रकाशकी सम्झना लिम्बूले पहिलो स्थान हात पारे।











प्रतिक्रिया