पुलिस र एपीएफ च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबले बुधबार उपाधि जितेका छन्।

रोल्पाको लिवाङमा भएको पुरुषतर्फको फाइनल खेलमा कुलबहादुर थापाको उत्कृष्ट प्रदर्शनमा प्रहरीले उपाधि उचालेको हो। टोलीले अर्को विभागीय टोली नेपाली सेनालाई ३–१ को सेटमा हराएको थियो। सो खेल प्रहरीले २५–२१, १७–२५, ३०–२८, २५–२३ को चार सेटमा जितेको थियो। त्यस्तै प्रदेश नम्बर ४ ले तेस्रो स्थान हासिल ग¥यो। प्रदेश ४ ले विभागीय टोली एपीएफलाई २५–२०, २५–१९, २५–१९ को सोझो सेटमा स्तब्ध बनाएको थियो।

यसैगरी महिलातर्फको उपाधिमाथि भने प्रहरीले कब्जा जमाउन सकेन। फाइनल खेलमा एपीएफले प्रहरीलाई ३–० को सोझो सेटमा हराएर उपाधि पक्का गरेको थियो। यो एपीएफको वर्षमा दोस्रो उपाधिसमेत थियो। टोलीको जितमा सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन रहेको थियो। फाइनल खेल एकोहोरो भएको थियो। पहिलो दुई सेटमा एपीएफले २५–९,२५–८ को नतिजा निकालेको थियो।

तेस्रो सेटमा मात्रै प्रहरीले चुनौती दिएको थियो। तर सेट २५–२० ले एपीएफले आफ्नो पक्षमा पार्दै उपाधि पनि जित्यो। तेस्रो स्थानको खेलमा सेनाले प्रदेश ५ लाई २५–१९,२५–८, २५–९ ले पराजित गरेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालन भएको प्रतियोगिताका दुबै विजेता टोलीले समान ३ लाख ५० हजार रुपियाँ प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा रहेको टोलीले पनि समान २ लाख प्राप्त पार्दा तेस्रो स्थानले समान १ लाख नगद हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्