विज्ञापन रोकिने



डब्लिन, (एजेन्सी)
गुगलले आगामी २५ मेमा आयरल्यान्ड गणतन्त्रमा हुनगइरहेको गर्भपतनमाथिको जनमतसंग्रहसंग सम्बन्धित सम्पूर्ण विज्ञापनहरू रोक्ने भएको छ। मंगलबारदेखि सामाजिक सञ्जाल फेसबुकले आयरल्यान्डभित्रकै विज्ञापनदाताहरू तयार पारिएकाबाहेक अन्य गर्भपतनसंग सम्बन्धित विज्ञापनहरूमाथि प्रतिबन्ध लगाउन शुरू गरिसकेको छ। तर गुगलले भने मतदान सम्बन्धित सम्पूर्ण विज्ञापनहरू रोक्ने भएको छ। गुगलको विज्ञापन करोडांै वेवसाइटलगायत यु ट्युबको भिडियो सेयरिंग प्लेटफर्ममा देखिन्छ। गुगुलले एउटा विज्ञप्ति जारी गर्दै गर्भपतन सम्बन्धी आयरिस जनमत संग्रहको आठौं संशोधनबारेको विज्ञापन राक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्