महिलालाई गाडी



रियाद, (एजेन्सी)
साउदी अरेबियामा अन्ततः महिलले जुन २४ देखि गाडी चलाउन पाउने भएको छ। युवराज मोहम्मद बिन सलमानले गत वर्ष नै यो फैसलाको घोषणा गरेका थिए। अहिले ट्राफिक विमागका महानिर्देशक मोहम्मद अल बसामीले अनुमति लागू हुने तिथिको घोषणा गरका हुन्। महिलालाई गाडी चलाउन अनुमति दिने युवराजको फैसलामा व्यापक चर्चा भएको थियो।

साउदी अरेबियाका शहरहरूमा यसका लागि कयौं ड्राइभिङ स्कुल खोलिएका छन्। दशकौंदेखि महिलालाई गाडी चलाउन प्रतिबन्ध लगाएको साउदी अरेबिया एक मात्र देश हो। नयाँ नियममा १८ वर्ष र त्योभन्दा बढी उमेरका महिलाले ड्राइभिङ लाइसेन्सका लागि दरखास्त दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्