युद्धका लागि तयार



तेलअभिव, (एजेन्सी)
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘भविष्यमा नभई अहिले’ नै इरानसँग सैन्य मुठभेडको सामना गर्नुपर्ने बताए। इरानसँग भएको एक सम्झौतामा अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय आउनुअगाडि त्यसका समर्थक तथा विरोधी दुवै उक्त सम्झौताको भविष्यलाई लिएर अन्तिम अपिलमा लागिरहेका छन्। आगामी शनिबार इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरिने ट्रम्पबाट घोषणा हुने सम्भावना बढिरहेकै बेला इजरायलले छिमेकी सिरियामा इरानी सैन्य बलको प्रभुत्व रोक्न युद्धका लागि तयार रहेको जनाएको छ। इरानलाई ढिलो नगरी अहिले नै रोक्नु राम्रो हुने नेतान्याहुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्