संसदीय चुनाव



बेरुत, (एजेन्सी)
झण्डै एक दशकपछि पहिलोपटक लबनानमा संसदीय चुनाव शुरू भएको छ। चार वर्षीय संसदीय कार्यकालका लागि यसअघि सन् २००९ मा निर्वाचन भएको थियो। तर छिमेकी राष्ट्र सिरियामा गृहयुद्ध जारी रहेको र राष्ट्रको चुनावी कानुन सुधार गर्ने उद्देश्यले संसदको २ कार्यकाल थपिएको थियो। चुनाव आयोगले मतदान प्रणाली परिवर्तन गर्नुको साथै जिल्लाको संख्या घटाएको छ भने पहिलोपटक विदेशमा बसोबास गर्दै आएका लेबनानीहरूलाई पनि मताधिकार प्रयोग गर्ने अवसर दिइएको छ। शस्सत्र समूह हिजुवोल्लाहले संसद्मा आफ्नो प्रतिनिधित्व बढाउन खोजेको छ।

प्रतिक्रिया दिनुहोस्