अन्तरिक्ष एजेन्सी



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाले उसको आफ्नै अन्तरिक्ष एजेन्सी बनाउने भएको छ। महिनौंसम्मको छलफलपछि संघीय सरकारले अन्य विकसित देशसँगको सन्तुलनका लागि आफ्नै अन्तरिक्षयान प्रक्षेपण केन्द्र स्थापना गर्न ५ करोड डलर छुट्याएको छ। यस परियोजनामा छिमेकी न्युजिल्यान्डलाई समेत समावेश गरिने बताइएको छ। सरकारले मे ८ को संघीय बजेटमा यसका लागि कोष छुट्याएको सार्वजनिक हुने अनुमान गरिएको छ। स्थापनाको पहिलो वर्षका लागि उक्त एजेन्सीको प्रमुखमा सीसीरोका पूर्वप्रमुख मेगान क्लार्कलाई नियुक्त गर्ने पनि बताइएको छ। स्पेस एजेन्सीका लागि शुरूमै ५ करोड लगानी हुनु कम होइन, तर निजी लगानीलाई पनि प्रोत्साहित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्