आँधीमा थुप्रै मरे



नयाँदिल्ली, (एजेन्सी)
उत्तरी भारतीय राज्य राजस्थान र उत्तर प्रदेशमा चलेको धुलोसहितको डरलाग्दो आँधीका कारण कम्तिमा १ सय जना मानिसको ज्यान गएको तथा अन्य सयौं व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। बुधबार चलेको सो आँधीका कारण रुखहरू ढलेका चौपाया मारिएका, घरहरू क्षतिग्रस्त तथा विद्युत् आपूर्ति अवरुद्ध भएको बताइएको छ। अधिकांश व्यक्तिको चट्याङ पर्दा घरको छाना ढलेपछि छानाले थिचिएर मृत्यु भएको थियो। गर्मी मौसमा यस क्षेत्रमा यस प्रकारको आँधी आउनु सामान्य घटना भए पनि यसपालिको आँधी निकै भयानक रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्