स्वास्थ्य प्रमाणपत्र विवाद



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्वचिकित्सकले सन् २०१५ मा रिपब्लिकन पार्टी उम्मेदवार बन्न ट्रम्पले पेस गरेको स्वास्थ्य प्रमाणपत्र आफूले तयार नगरेको बताएका छन्। उक्त स्वास्थ्य प्रमाणपत्रमा ट्रम्पको स्वास्थ्य स्थिति अत्यन्त राम्रो बताइएको थियो। सीएनएनसँगको कुराकानीमा हेराल्ड बोर्न स्टिनले भने– ‘सबै पत्र उनले आफैले भनेर लेखाएका थिए।’ ह्वाइट हाउसले पूर्वचिकित्सक हेराल्डको उक्त आरोप निराधार भएको जनाएको छ। हेराल्डले सन् २०१७ मा ट्रम्पका अंगरक्षक उनको कार्यालयमा आएको र ट्रम्पसँग सम्बन्धित सबै दस्तावेज हटाएको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्