आशिषलाई चेस उपाधि


नेपाल समाचारपत्र, काठमाडौं ।
आशिष फुृयाँलले श्याम बहादुर श्रेष्ठ स्मृती छैटो दोलखा रेटिङ कप चेस प्रतियोगिताको उपाधि जितेका छन् ।

६ चरणको प्रतियोगितामा उनले ५.५ अंक जोडे । पाचौ चरणमा राजिव कार्कीलाई हराएका आशिषले छैटौ चरणमा विमल भण्डारीसंग बराबरी गरे । प्रतियोगितामा ५ अंक जोडेका गोबीन्द श्रेष्ठ दोश्रो तथा ४.५ अंक जोडेका राजिव कार्की तेश्रो भए ।
समान अंक भएका विमल चौथो भए ।

यसैगरी, ४ अंक भएका कमल चौलागाइ पाचौ, केबल खत्री छैटौ तथा गेहेन्द्र आचार्य सातौ भए । विद्यालय तर्फ समिर पोखरेल पहिलो,सहदेव चौलागाइ दोश्रो,युवराज प्रधान तेश्रो,सुप्रन श्रेष्ठ चौथो तथा रोमन श्रेष्ठ पाचौ भए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।