मिलेर काम गर्ने



वुहान, (एजेन्सी)
चिनियाँ राष्टपति सी जिनपिंग र चीनको अनौपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अफगानिस्तानमा चीन र भारत मिलेर काम गर्ने विषयमा सहमति भएको एक आधिकारिक स्रोतले जनाएको छ । दुबै नेता चीन र भारतले इन्डिया ( चाइना इकोनोमिक प्रोजेक्ट अन्तर्गत अफगानिस्तानमा मिलेर काम गर्नु पर्ने निष्कर्षमा पुगेको बताइएको छ । मोदीको अनौपचारिक चीन भ्रमण शनिबार टुँगिएको थियो । चीन युद्ध प्रभावित देश अफगानिस्तानको कुनै प्रोजेक्टमा प्रत्यक्ष रुपमा संलग्न हुन खोजेको यो पहिलो घटना हो । अहिले सम्म चीनले पाकिस्तानलाई रणनितिक समर्थन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्