७ विद्यार्थीको हत्या



बेइजिङ, (एजेन्सी)
चीनको सान्सी प्रान्तको एक स्कुलबाहिर १ जना आक्रमणकारीले चक्कु प्रहार गरी ७ जना विद्यार्थीको ज्यान लिएका छन्। उक्त चक्कु आक्रमणमा अन्य १२ जना छात्र घाइते भएको बताइएको छ। मर्नेमा ५ छात्रा र २ छात्र रहेका छन्। प्रहरीले आक्रमणकारीलाई हिरासतमा लिइसकेको छ। उक्त घटना मिजा काउन्टीको एक माध्यमिक विद्यालयनजिक भएको प्रहरीले जानकारी दिए। घटनाका बेला सबै विद्यार्थी स्कुलबाट घर फर्किरहेका थिए। २८ वर्षीय संदिग्ध आक्रमणकारीको थर झाओ भएको र उनी सोही स्कुलका पँर्वविद्यार्थी भएको अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्