महाअभियोग दर्ता



नयाँदिल्ली, (एजेन्सी)
भारतका प्रधानन्यायाधीश दीपक मिश्रविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ। कांग्रेससहित अन्य सात विपक्षी दलका नेताहरूले प्रधानन्यायाधीश मिश्रविरुद्ध शुक्रबार महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। विपक्षी नेताहरूले राज्यसभाका सभापति वेकैंया नायडुसमक्ष महाअभियोग प्रस्ताव पेस गरेका छन्। महाअभियोग प्रस्तावमा कांग्रेस, सीपीआई, सीपीएम, एनसीपी, समाजवादी पार्टी, बहुजन समाज पार्टी र मुस्लिम लिगको समर्थन रहेको छ। उक्त प्रस्तावमा ७१ जना सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले प्रधानन्यायाधीशले पद र मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्