पृथ्वी चेप्टो ?



क्यालिफोर्निया, (एजेन्सी)
पृथ्वी गोलो होइन, चेप्टो छ भन्ने प्रमाणित गर्न अमेरिका क्यालिफोर्नियाका ६१ वर्षीय माइक हग्सले आफैले बनाएको रकेट प्रक्षेपण गरेका छन्। उक्त रकेटमा उनी आफै बसेका थिए। लिमोजिन गाडी चलाउने माइकले मोबाइल होमलाई र्याम्पमा परिवर्तन गरे। पछि त्यसलाई रकेट प्रक्षेपण प्याडमा परिवर्तन गरे। माइकले उक्त रकेट आफ्नै ग्यारेजमा तयार गरेका हुन्। प्यारासुट खोल्नुअगाडि माइकले ३ सय ५० माइल प्रतिघण्टा गतिमा उडान भरेका थिए। १ हजार ८ सय ७५ फिटको उचाइसम्म पुगेको र मोजावे मरुभूमिमा अवतरण गरेका थिए। उनले अन्तरिक्षसम्म पुगेर चेप्टो पृथ्वीको तस्वीर खिच्न चाहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्