जोहान्नेसवर्ग



नयाँदिल्ली, (एजेन्सी)
दक्षिण अफ्रिकाको इस्टर्न केप प्रान्तमा छापा मार्ने क्रममा ५ जना प्रहरी अधिकारी र एकजना सैनिकलाई गोली हानी मारिएको सञ्चार माध्यमले बुधबार जनाएको छ। दक्षिण अफ्रिकी सरकारी समाचार निकायले निकालेको एक विज्ञप्तिमा ३ जना अधिकारीलाई तत्काल मारिएको जनाइएको छ। अज्ञात समूहले सो आक्रमण गरी भाग्ने क्रममा २ जना अन्य अधिकारीलाई अपहरण गरेको बुझिएको छ। तिनीहरूको लाश घटनास्थलदेखि ६ किलोमिटर टाढा सडकमा फेला परेको थियो। हिजो बिहान सबेरै उमाता नजिकको प्रहरी चौकीमा आक्रमण गर्ने सो समूहले मृत्युदण्डको शैलीमा हत्या गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्