सडक जाम, सधैंको हैरानी



राजधानी काठमाडौं भित्रिने सावारीसाधनको चाप दिन प्रतिदिन बढ्दो छ। एउटा देशको राजधानी भित्रिने मुख्य सडक कम्तीमा पनि ५ वटा हुनुपर्छ। तर, विगतदेखि नै हाम्रो देशको राजधानी भित्रिने सडक एउटा मात्र छ। बढ्दो सवारी चाप, अनि साँघुरो सडक, त्यो पनि एउटा मात्रै। बीपी राजमार्ग बनेपछि भने केही राहत त भएको छ, तर सो राजमार्गले धान्ने अवस्था छैन।

यसरी सवारीसाधनको अत्यधिक चापका कारण सडक सुचारु भए पनि जाम पार हुनसमेत घण्टौं समय लाग्ने गरेको छ। कति बेला कुन ठाउँमा पहिरो खस्छ, कति बेला जाममा परिने हो, पत्तै छैन। यस्तो यात्रा गर्न विवश भइरहनुभन्दा सम्भाव्य दुर्घटनाबाट बच्न अब वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प छैन। हाम्रो जस्तो मुलुकमा हवाई सेवा आवश्यक छ। सम्पन्न र विकसित देशमा सर्वसाधारणले पनि चढ्न सक्ने हवाइ सेवा सरकारले नै उपलब्ध गराउँछ। हाम्रो देशको सरकारले पनि जनतालाई शेयर दिएर भए पनि हवाइजहाज किन्ने बेवस्था मिलाओस्।

यस्तो खालको जाम हुने सबैभन्दा ठूलो उदाहरण अहिले नागरायणगढ–मुग्लिन सडकलाई मानिन्छ। यसलाई सबैभन्दा बढी दुर्घटना हुने सडकका रूपमा पनि लिन सकिन्छ। नारायणगढ–मुग्लिन सडक जानी–बुझिकन प्रयोग गरेर गन्तव्यमा पुगिन्छ भन्ने कुनै निश्चितता नभएकाले सबै यात्रुले आफ्नो ज्यानको बाजी थापेर यात्रा गर्नु कुनै पनि मानेमा जायज छैन। सकभर यात्रा नै नगर्ने र गर्नुपर्ने नै भए सुरक्षित र भरपर्दो यात्रा गर्न सके अमूल्य जीवनलाई अकालमा फाल्नुपर्दैन। हामी सबैले बुझौं, हाम्रो जीवन मात्र एकपल्टको हो। जोखिम मोलेर नहिँडौं। झन् मोटरसाइकल त प्रयोग गर्दै नगरौं।

यात्रुलाई समयमै गन्तव्यमा पुर्याउन र कहिले पहिरो पन्छाउँदै त कहिले जाम खोल्दै सुरक्षाकर्मीहरूले सर्वसाधारणको हितमा काम गर्दै आएका छन्। नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ज्यानको बाजी थापेर सक्रियता देखाउँदै आएका छन्। सधैं एकै खालका समस्या बल्झिरहने भएकाले यात्रुले अब यात्राको पनि विकल्प खोज्नुपर्छ। मुग्लिन–नारायणगढ सडकको विकल्प खोज्न आवश्यक छ।

कुरा मुग्लिन–नारायणगढ खण्ड मात्र नभई राजधानी भित्रिएपछि पनि जामले गर्दा सबैको जनजीवन अस्थव्यस्थ बन्ने गरेको पाइएको छ। कहिले राष्ट्रपतिको सवारी त कहिले अरू कुनै नेताको सवारी। जाम त सधैं। यसरी सधैंको सवारी जाम र राजधानी भित्रकै सडकमा सवारीसाधनको चापले गर्दा राजधानीबासी हैरान भएको देखिएको छ। यसको समाधानका लागि सरकाले अब सकेसम्म चाँडो यसको सामाधान गर्नु अत्यन्तै जरुरी देखिन्छ।

राजधानी जोड्ने कम्तीमा पनि ५ वटा सडकमार्ग हुनु आवश्यक छ। त्यसका लागि सरकारले पहिलो मार्ग त्रिभुवन राजपथलाई विस्तार गरोस्। थानकोट–भीमफेदी मार्ग बनाओस्। खोपासी–तालढुंगा सडक हुँदै हेटौंडा पुर्याउने सडक छिटो निर्माण गरोस्। अनि मात्र पृथ्वी राजमार्गमा सवारी चाप कम हुन्छ।

– नवीन पौडेल, चितवन

हालः कोटेश्वर, काठमाडौं

दुव्र्यसनी महिलालाई बचाऔं
नेपालमा पनि झण्डै ३० हजार महिला लागूऔषधको धरापमा परिसकेको अनुमान लगाइएको छ। विकसित देशहरूमा पुरुष र महिला झण्डै समान संख्यामा दुव्र्यसनमा पर्ने गरेको देखिन्छ भने पुरुषप्रधान मुलुकमा पुरुषको तुलनामा महिलाको संख्या कम देखिन्छ। साधारणतया नेपालका महिला दुव्र्यसनमा पर्नुहुँदैन भन्नेखालको मान्यता राख्ने गरेको पाइन्छ। तर, यही समाजमा दुव्र्यसनको समस्या छ भने महिला पनि त्यसबाट प्रभावित हुनु आश्चर्य हैन। योजनाबद्धरूपले साथीभाइको संगत्ले महिलाहरू पनि रमाइलो गरौं या दुःख बिर्सौं भन्ने विश्वासले लागूऔषधको दुव्र्यसनमा परेको देखिन्छ।

करिब २० प्रतिशत महिलाले आफ्नो दुव्र्यसनी केटासँगको प्रत्यक्ष सम्पर्क नभएको तर, तिनीहरूको प्रेमिका आफ्नो साथी भएको र त्यो केटी साथीले आफ्नो प्रेमीबाट लागूऔषध ल्याई रमाइलो हुन्छ रे, चाखौं भनी अनुरोध गरेकाले हेरौं न त भनी लागूऔषध लिन थालेको बताउँछन्। यस प्रकार योजनाबद्धरूपमै पनि यस्तो काम भएको हुनसक्छ।

करिब १५ प्रतिशतले आफूले लागूऔषध लिने गरेको महिलालाई चिनेको र घुलमिल हुँदाहुँदै उनकै देखासिकी गरी लागूऔषध लिन थालेको बताउँछन्। करिब ५ प्रतिशत महिलाले आफूले विवाहअघि कहिल्यै लागूऔषध नलिएको तर विवाहपछि पतिले लागूऔषध लिने भएका कारण उनको पटक–पटकको अनुरोधपछि आफूले पनि आगूऔषध लिन थालेको बताउँछन।

पुरुष प्रधान मुलुक भएकाले दुव्र्यसनमा परेका महिलालाई उपचारमा पठाउन परिवार तयार हुँदैनन्। जसको कारणले उनीहरूको जीवन कष्टकर हुन्छ र दुःखद् अन्त्य पनि हुन्छ। दुव्र्यसनमा परेका महिला पुरुषभन्दा बढी घरायशी हिंसाका शिकार हुन पुग्दछन्। साथै महिलालाई आफैं लागूऔषध किन्न जाँदा गाह्रो पर्ने हुँदा उनीहरू कुनै पुरुषको भर परेका हुनसक्छन्। यस्ता पुरुषले ठग्ने पैसा नै लुटिदिने, नक्कली औषधि ल्याइदिनेलगायत अनेकौं तरिकाले तिनीहरूलाई शोषण गर्दछन्। कमजोर महिला यो समस्याबाट निस्कन नसकी आत्महत्या पनि गर्न सक्छन्। एक्लै र बेसाहारादेखि विवाह गर्ने नाममा अलपत्र पारी छोड्दिन सक्दछन्।

साधारणतया के देखिएको छ भने पुरुषको तुलनामा महिलालाई दुव्र्यसनबाट बाहिर निकाल्न पनि कठिन हुने गरेको देखिएको छ। कुनै पनि घरमा महिलामा दुव्र्यसनको समस्या छ भने लुकाउनुहुँदैन। एउटी महिलालाई छोरी, बुहारी, आमा भएर विभिन्न समयमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।

तर, दुव्र्यसनमा परेका महिलाले समाजमा उपेक्षा गरेझैं त्यो भूमिका निभाउन अक्षम ठहर भैदिन्छन्। अझ महिलाहरूले आफ्नो जन्मथलो भनौं या जन्मस्थान नै छोडी पराइघर गएर विश्वास दिलाउनुपर्ने हुन्छ। त्यो काम दुव्र्यसनमा परेका महिलाका लागि झनै चुनौतीपूर्ण हुने गर्दछ। त्यसैले तपाई हामी सर्तक हुनु जरुरी छ। अभिभावकले पनि आफ्ना बच्चाहरू कतै दुव्र्यसनमा परेका त छैनन् भनेर छड्के चेक गर्नुपर्दछ। यसो गरे मात्रै यो समस्या केही हदसम्म निर्मुल हुन सक्छ।

– सुजन महत, धनगढी

हालः नयाँ बानेश्वर, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्