कामना फिल्म अवार्डस–२०७४, के भन्छन मनोनयमा परेका कलाकार?



विधाः शृंगार


मैले जित्दिन होला
अमृत मरहठठा
फिल्मः लुट–२
मलाई त अवार्ड सरोज बुढाथोकीले पाउँछ जस्तो लाग्छ। सरोजसँगै ईश्वर पनि राम्रो काम गर्छ। मलाई आफूचाहिँ अरूले भन्दा नराम्रो काम गर्ने मान्छे हो जस्तो लाग्छ। त्यस कराण मैले अवार्ड जित्दिन होला जस्तो लाग्छ।

 

विधाः ध्वनि मिश्रण


जसले पनि पाउन सक्छ
उत्तम न्यौपाने
फिल्म: गाजलु र चपली हाइट–२
नोमिनेसनमा पर्ने सबै जना डिर्जभिङ हुनुहुन्छ। हुन त मैले नोमिनेसनम परेको अरू फिल्म हेरेको छैन, तर पनि आ–आफनो ठाउँमा सबैले राम्रो काम गर्नुभएको छ भन्ने लाग्छ। अवार्ड कसले जित्छ भन्ने कुनै आइडिया छैन। अवार्ड कसलाई दिने भन्ने कुरा जुरीले डिसाइड गर्ने कुरा हो। जसले पनि पाउन सक्छ।

 

विधाः पाश्र्व संगीत


जात्राबाट पाए खुसी
शैलेश श्रेष्ठ
फिल्मः जात्रा र लुट–२
अवार्ड कसले जित्छ भन्ने कुरा त हामीलाई कसरी थाहा हुन्छ र? जुरीले गरेको निणर्य कसरी गेस गर्न सकिन्छ र ? मैले नोमिनेसनमा परेको अरू फिल्म हेरेको छैन, यस कारण पनि भन्न सक्दिनँ। अरू फिल्म पनि राम्रै होला। म र रोहित शाक्य) ले गरेको यी २ फिल्ममध्ये जात्राबाट अवार्ड पाए खुसी हुन्थ्यौं। किनभने जात्रामा काम गर्न पनि मज्जा भएको थियो, मेहनत पनि धेरै गरेका थियौं र फिल्म पनि राम्रो बनेको थियो।

लुट–२ बाट जितिन्छ होला
रोहित शाक्य
फिल्मः जात्रा र लुट–२
हाहाहा अवार्ड कसले पाउँछ मैले भन्नुपर्ने? मलाई त कसरी थाहा हुन्छ र? तर, अवार्ड जसले पाए पनि नेपाली फिल्म इन्डिस्ट्रिमा एउटा प्लेटफर्म क्रियट हुन्छ। यस्तो अवार्डले गर्दा ओभरअल इन्डिस्ट्रीलाई नै राम्रो हुन्छ। जो डिर्जभिङ छ, उसले नै अवार्ड पाउने हो। मैले अरू फिल्म नहेरेको भएर पनि अवार्ड कसले पाउँछ भन्न सकिन। यदि हामीले दुई फिल्म लुट–२ र जात्रामध्ये एकबाट अवार्ड जित्यौं भने मेरो विचारमा लुट–२ बाट जितिन्छ होला। जात्रामा भन्दा हामीले लुटमा राम्रो काम गरेका छौं।

विधाः बाल कलाकार


जसले पनि पाउन सक्छ
अनुभव रेग्मी
फिल्मः शब्द
यो एउटा कम्पिटिसन हो। त्यसैले जसले पनि अवार्ड पाउन सक्छ। मैले पनि बेस्ट गरेको छु। नोमिनेसनमा पर्ने सबैले बेस्ट एक्टिङ गर्नुभएको छ होला। तर, मैले मसँग नोमिनेसनमा पर्नुभएको अरू साथीको फिल्मचाहिँ हेरेको छैन।

 

 

मैले नै पाउँछु जस्तो लाग्छ
प्रसिद्धि भट्टराई
फिल्मः निर्भय
मेरो विचारमा मैले राम्रो काम गरेको छु, त्यस कारण मैले नै अवार्ड पाउँछु जस्तो लाग्छ। निर्भय मेरो पहिलो फिल्म पनि हो।

 

 

मबाहेक अरूले पाउँछ

अरविन खडका
फिल्मः जात्रा
मलाई कामना फिल्म अवार्डमा बेस्ट चाइल्ड आर्टिस्टको अवार्ड मबाहेक अरूले पाउनुहुन्छ जस्तो लाग्छ। जात्रा मेरो पहिलो फिल्म भएकाले अरूले अवार्ड पाउनुहुन्छ जस्तो लाग्छ।

प्रतिक्रिया दिनुहोस्