हेटौंडामा कुस्ती शुरू



हेटौंडा, (नेस)
राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत १३औं कुस्ती प्रतियोगिता हेटौंडामा शुरू भएको छ। बिहीबार हेटौंडाको हुप्रचौरमा शुरू प्रतियोगितामा महिला र पुरुष गरी ७८ खेलाडी सहभागी रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ।

शुक्रबार ४० खेलाडीबीच रोचक प्रतिस्पर्धा रहने आयोजक नेपाल कुस्ती संघले जनाएको छ। प्रतियोगितामा २२ महिला र ५६ पुरुष खेलाडीको सहभागिता रहेको बताइएको छ।

प्रतियोगितामा ५३ देखि १ सय २५ केजी तौलसम्म पुरुषले प्रतिस्पर्धा गर्नेछन् भने ४३ देखि ७५ केजी तौल समूहका महिलाले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती खेलाडीको प्रतियोगितामा हेर्नेको भिड लागेको थियो।

प्रतिक्रिया दिनुहोस्