केसीविरुद्धको अपहेलना मुद्दामा सुनुवाइ हुँदै, फैसला आजै


नेपाल समाचारपत्र, काठमाडौँ।
डा. गोविन्द केसीविरुद्धको अपहेलना मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मुद्दाको सुनुवाइ न्यायाधीश  पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा  हुनेछ।

सर्वोच्चको मंगलबारको आदेश अनुसार केसीलाई बिहान १० बजे अदालत उपस्थित गराइनेछ। पक्ष र विपक्ष दुबैको बहसपछि अदालतले मुद्दाको फैसला गर्नेछ।

डा. केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई लगायतका कानुन व्यवसायीले बहस गर्नेछन भने सर्वोच्च प्रशासनका तर्फबाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गर्नेछन्।

अपहेलना मुद्दामा केसीको मंगलबार सर्वोच्चले बयान लिएको थियो। बयान सकिए पनि बहस जारी रहेका कारण केसीलाई न्यायिक हिरासतमै राखिएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।