थ्री स्टारको उत्कृष्ट पुनरागमन



हेमन्त पौडेल, कैलाली

लामो समयको विश्रामपछि फुटबलमा फर्किएको थ्री स्टारको उत्कृष्ट पुनरागमन भएको छ।
‘ए’ डिभिजन ललितपुरे क्लब धनगढीमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित नेपाआइस सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी शुरुआत गर्दै पुरानै लयमा फर्किएको हो। सोमबार धनगढी रंगशालामा भएको खेलमा रमपम झापा ११ लाई ३–१ ले हराउँदै टोली क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

योसँगै पछिल्लो १४ महिना फुटबलबाट टाढा रहेको थ्री स्टारको पुनरागमन उत्कृष्ट बनेको छ। अखिनेपाफुटबसंघ (एन्फा)का कारण एएफसी कपको दोस्रो चरणमा खेल्न नपाएपछि थ्री स्टारले क्षतिपूर्ति नपाएसम्म फुटबनखेल्ने घोषणा गरेको थियो। यसको कारण थ्री स्टारले १४ महिना कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको थिएन।

एएफसी कपको क्षतिपूर्तिबापत एन्फाले १ करोड ५० लाख रुपियाँ दिने सहमति भएपछि थ्री स्टार फुटबलमा फर्केको हो। थ्री स्टारले सेप्टेम्बर २०१६ मा भारतको गुवाहाटीमा सम्पन्न ६४औं भारत रत्न बोर्डोलोइ ट्रफी जितेपछि खेल्न पूर्ण विराम लगाएको थियो।

धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले दुई तथा मार्टिनले एक गोगरे। झापाका कर्ण लिम्बुले एक गोफर्काए। खेलको चारै गोपहिलो हाफमा भएको थियो। चार गो९ मिनेटको अन्तरमा भएको थियो।

विमघर्तीमगर र अनन्त तामाङलाई क्लबमा भित्त्याएर मैदान उत्र्रिएको थ्री स्टारका लागि तामाङले डिफेन्स लाइन सम्हाल्दा फरवार्ड विमलले भने कुनै गोगर्न सकेनन्। थ्री स्टारले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

जितपछि प्रतिक्रिया दिँदै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले १४ महिनापछिको डेब्यु म्याच सोचेअनुसारकै नतिजा आएको र क्लब आफ्नो पुरानै लयमा फर्किएको बताए। ‘शुरूमा टिम सेट गर्न गाह्रो भए पनि केही समय खेलेपछि गोगर्न सफभयौं’, उनले भने– ‘पहिलो हाफमा २ गोलको अग्रता भएपछि दोस्रो हाफमा रणनीतिअनुसार खेलाडीहरूले बचेर खेलेका कारण ३–१ को जित निकालेका हौं।’

रमपम झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले भने राम्रो खेल्दा खेल्दै पनि भएका गल्तीको फाइदा उठाउँदै विपक्षीले गोगर्दा हार बेहोरेको बताए। ‘पहिलो हाफभन्दा दोस्रो हाफमा धेरै गोगर्ने मौका पायौं तर पनि गोगर्न सकेनौं’, उनले भने– ‘जति पोस्ट अटइक गर्नुपर्ने हो त्यति हुन सकेन।’

प्रतिक्रिया दिनुहोस्