हस्तकला प्रशिक्षण कार्यशाला शुरू



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागद्वारा भक्तपुरमा आयोजित ५ दिने छ्वाली हस्तकला प्रशिक्षण कार्यशाला शुरू भएको छ। हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी सो कार्यशालाको उद्घाटन गर्नुभयो।

नेपाली युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्य रहेको कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन्। आयोजकका तर्फबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको इतिहास र प्रज्ञा प्रतिष्ठानको काम कर्तव्य, विकास क्रम र भावी नीतिहरूको बारेमा उजागर गर्नुभएको थियो।
उहाँले कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई छ्वाली हस्तकला प्रशिक्षणबाट हस्तकलाको विकासमा टेवा पुग्ने र प्रशिक्षार्थीहरू आत्मनिर्भर हुन सक्ने विचार व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारीरूपमा हस्तकलाको सम्वद्र्धन एवं प्रवद्र्धनमा गर्न उपयोगीमूलक कार्यशालाहरू गर्दै जाने बताउनुभयो। सो कार्यक्रम पुस ११ गते समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्