बालकालिका जोखिममा



किभ, (एजेन्सी)
युद्धग्रस्त पूर्वी युक्रेनमा लाखौं बच्चा बारुदी सुरूङ र अन्य विस्फोटक हतियारबाट प्रभावित हुने खतरा रहेको जनाइएको छ। संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय बाल कोष युनिसेफको एक प्रतिवेदनमा युक्रेनका सेना र रुस समर्थित विद्रोहीबीच जारी रक्तपातपूर्ण संघर्षका कारण त्यस क्षेत्रमा रहेका २ लाख २० हजार बालबालिकाको जीवन जोखिममा रहेको उल्लेख गरिएको छ। उनीहरू बारुदी सुरूङ र अन्य घातक हतियारले भरिएको इलाकामा बस्ने गरेको र त्यहीं खेल्ने तथा स्कुल जाने गरेको बताइएको छ। ४ वर्षअगाडिसम्म सुरक्षित रहेका ती स्थान बच्चाका लागि असुरक्षित हुनु अस्वीकार्य भएको युक्रेनस्थित प्रतिनिधिले बताए।

प्रतिक्रिया दिनुहोस्