अवशेष भेटियो



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाको पहिलो जल सैनिक पनडुब्बीको अवशेष १ सय ३ वर्ष लामो खोजिपछि बल्ल फेला परेको छ। एचएमएएस एई–१ नामक उक्त संयुक्त फौजले प्रयोग गरेको पनडुब्बी प्रथम विश्वयुद्धको दौरान पपुवा न्यु गिनीको रावाउलबाट बेपत्ता भएको थियो। सन् १९१४ को १४ सेप्टेम्बरमा हराउँदा उक्त पनडुब्बीमा ३५ जना अस्ट्रेलियाली र बेलायती चालकदलका सदस्य रहेका थिए। १३औं खोजी टोलीले यसलाई पपुवा न्यु गिनीको ड्युक अफ योर्क टापुनजिकको जलीय क्षेत्रमा फेला पारेको हो।

प्रतिक्रिया दिनुहोस्