जहाज पल्टियो



मनिला, (एजेन्सी)
फिलिपिन्सको पूर्वी समुद्रीतटमा आएको आँधी तुफानका कारण २ सय ५१ जना सवार एउटा सानो जहाज पल्टिएको छ। स्थानीय माझी र उद्धार डुंगाहरूले त्यसमा सवार २ सय जनाभन्दा बढीको जीवित उद्धार गरेको सुरक्षा सूत्रले जनाएको छ। तट रक्षकहरूका अनुसार यस दुर्घटनामा कम्तीमा चार व्यक्तिको ज्यान गएको छ भने ७ जना अझै हराइरहेका छन्। पोलिल्लो टापुनजिक यो दुर्घटना घटेको हो। डरलाग्दा छाल र भीषण वर्षको कारण उद्धार कार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्