पोर्न भिडियो राख्ने बेलायती मन्त्री ग्रिन पदच्यूत



लन्डन, (एजेन्सी)
बेलायती प्रधानमन्त्री टेरिजा मेका सबैभन्दा निकट मानिएका मन्त्रीमध्येका एक डेमियन ग्रिनलाई पदबाट हटाइएको छ।

कम्प्युटरमा पोर्न सामग्री राखिएको मामिलामा मेका सबैभन्दा निकट मानिएका मन्त्रीमध्येका एक डेमियन ग्रिनलाई पदबाट हटाइएको छ।

कम्प्युटरमा पोर्न सामग्री राखिएको मामिलामा भएको एक मामिलामा उनले मन्त्रालयको नियमको उल्लंघन गरेको पाइएको थियो। उक्त जाँचमा डेमियन ग्रिनले सन् २००८ मा आफ्नो कार्यालयको कम्प्युटरबाट पोर्न भिडियोका बारेमा गलत तथा भ्रामक बयान दिएका थिए। उनले लेखिका केट माल्टबीलाई सन् २०१५ मा असहज महसुस गराएको घटनाका लागि पनि माफी मागेका छन्। प्रधानमन्त्री मेसँग ग्रिनलाई पदबाट हटाउनेबाहेक अर्को कुनै विकल्प नरहेको राजनीतिक विज्ञहरूले बताएका छन्।

६१ वर्षीय ग्रिन उपप्रधानमन्त्रीको भूमिकामा थिए। उनी दुई महिनाको अन्तरालमा पद छोड्ने तेस्रो बेलायती मन्त्री बनेका छन्। मन्त्रीमण्डलबाट उनी हटेपछि प्रधानमन्त्री मे एक प्रकारले एक्ली परेको बताइएको छ।

आफ्नो लिखित बयानमा ग्रिनलाई पदबाट हट्नुमा गहिरो अफसोच व्यक्त गर्दै मेले मन्त्रीबाट जे अपेक्षा गरिन्छ त्यसमा ग्रिनको क्रियाकलाप खरो उत्रिन नसकेको उल्लेख गरेकी छिन्। एक महिला पत्रकारमाथि दुव्र्यवहारको मामिलामा पनि ग्रिनमाथि छानबिन भइरहेको छ। यद्यपि उनले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका छन्।

सन् २००८ मा उनको कार्यालयको कम्प्युटरमा पोर्न भिडियो भेटिएको थियो। तर उनले ती भिडियो डाउनलोड गरेको वा हेरेको कुरालाई अस्वीकार गरेका थिए। क्याबिनेट अफिसको एक आधिकारिक जाँचमा ग्रिनले उनको कम्प्युटरमा पोर्न भिडियो फेला परेको विषयमा दुईवटा बयान दिएको र ती दुवै भ्रामक तथा गलत थिए र मन्त्रालयको नियमको उल्लंघन भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्