बस पल्टियो



मेक्सिको सिटी, (एजेन्सी)
क्रुज जहाजबाट आएका पर्यटकहरू बोकेको एउटा बस बुधबार दक्षिण–पूर्वी मेक्सिकोमा पल्टिँदा कम्तीमा १२ व्यक्तिको ज्यान गएको सरकारी अधिकारीले बताएका छन्। क्विन्टाना राज्यको माहाहुआल र क्याफेटलबीचको मार्गमा भएको यस दुर्घटनामा अन्य १८ जना घाइते भएको बताइएको छ। सो बसमा सवार ३१ जना पर्यटक च्याकोवेनस्थित प्राचीन मायान खण्डहरको भ्रमण गरी रोयल क्यारिवियन क्रुजबाट फर्केका थिए। बस कम्पनीले निकालेको एक विज्ञप्तिमा सो बसमा सवार पर्यटक अमेरिका, इटाली, स्विेडन र ब्राजिलका नागरिक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्