इन्चार्जलाई मृत्युदण्ड



सोल, (एजेन्सी)
परमाणु केन्द्रको निर्माण स्थलका एक वरिष्ठ उत्तर कोरियाली इन्चार्जको हत्या भएको हुन सक्ने आसाही सिम्बुनले मंगलबार जनाएको छ।१ जना पूर्वउत्तर कोरियाली सैनिकले उक्त जापानी दैनिकीलाई ब्युरो १३१ का निर्देशकलाई सैन्य गोप्यता भंग गरेको आरोपमा पदबाट हटाइएको र त्यसपछि मृत्युदण्ड दिएको अपुष्ट समाचारका बारेमा बताएका थिए। ब्युरो १३१ उत्तरको प्रमुख आणविक तथा क्षेप्यास्त्र केन्द्रको संरचना निर्माणका लागि जिम्मेवार मानिन्छ। उक्त निकाय सत्तारुढ वर्कस पार्टीको एक शाखा हो। उनलाई छैंठो परमाणु परीक्षण सारिएको र सुरूङ भत्केको सूचना चुहावट गरेको आरोप लगाइएको आसाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्