अझै गरिबी



सोल, (एजेन्सी)
विगत ५ वर्ष यता सन् २०१६ मा उत्तर कोरियाको आय आर्जनमा तीव्र गतिमा सुधार आएको तर अझै पनि किम जोङ उनका जनता दक्षिण कोरियालीहरूका तुलनामा २० गुणाभन्दा बढी गरिब रहेको बताइएको छ। किमको आणविक हतियार विकास कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइए तापनि गत वर्ष उत्तर कोरियाको प्रतिव्यक्ति आय ५ प्रतिशतले वृद्धि भएर करिब १ हजार ३ सय ४० अमेरिकी डलर पुगेको हालै सोलको तथ्यांक निकायले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्