बेलायती कर्मचारीको हत्या



बेरुत, (एजेन्सी)
बेरुतस्थित बेलायती दूतावासमा काम गर्ने एक बेलायती महिला मृत अवस्थामा फेला परेको लेबनान प्रहरीले बताएको छ। रिबेका डाइक्सको शव शनिबार एक प्रमुख सडकको किनारामा अलपत्र अवस्थामा फेला परेको थियो। कसैले उनको घाँटी थिचेर हत्या गरेको वरिष्ठ प्रहरीले बताए। रिबेकाको परिवारले उनको मृत्युले उनीहरु विचलित रहेको र सञ्चारमाध्यमलाई निजी मामिलाको सम्मान गर्न आग्रह गरेको छ। रिबेका सन् २०१७ जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागका लागि कार्यक्रम तथा नीति प्रबन्धकका रुपमा काम गरिरहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्