कन्डम अभियान



लन्डन, (एजेन्सी)
बेलायतमा १६ देखि २४ वर्षका युवामध्ये धेरैले आफ्ना नयाँ पार्टनरसँगको यौन सम्पर्कमा कन्डमको प्रयोग कहिल्यै नगर्ने गरेको एक सर्वेक्षणले देखाएको छ। त्यसैले २५ वर्षभन्दा कम उमेरका युवालाई यौन संक्रामक रोगबाट बचाउन कन्डमको प्रयोग बढाउन बेलायतमा नयाँ अभियान शुरू गरिएको छ। यौन स्वास्थ्यका लागि विगत ८ वर्षमा सरकारले पहिलो पटक यस प्रकारको अभियान थालेको हो। बेलायतको स्वास्थ्य विभागले गरेको उक्त सर्वेक्षणमा १६ देखि २४ वर्षका युवामा करिब आधाले नयाँ साथीसँग कन्डमको प्रयोग नगरेको पाइएको थियो। सर्वेक्षणमा १० जनामा १ ले कहिले पनि कन्डमको प्रयोग नगरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्