भागदौड मच्चियो



ढाका, (एजेन्सी)
बंगलादेशको चटगाउँमा सोमबार एक्कासि शुरू भएको भागदौडमा कम्तीमा १० व्यक्तिको ज्यान जानुका साथै अन्य ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। त्यहाँका पूर्वमेयर मोहिउद्दिन चौधरीको अन्त्येष्टिपछिको प्रार्थनासभा तथा भोजको दौरान सो घटना घटेको एक जना प्रहरी अधिकारीले एफपी समाचार निकायलाई जानकारी दिएका छन्। उनले कम्तीमा १५ जना घाइतेको स्वास्थ स्थिति निकै चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने पनि बताएका छन्। नगरपालिकामा १६ वर्ष सेवा गरेका चौधरीको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्