सरकारी कार्यालयको उजुरी पेटीका बेकामे



रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङका सबै सरकारी कार्यालय अघि सुझाव पेटिका, उजुरी पेटिका, शिकायत पेटिका लेखिएका चाबि लगाएका बाकस झुण्डिएको सबैले देखेकै छ । तर ति विभिन्न नामले परीचित पेटिका नखोलेको महिना होईन वषौँ भईसक्यो प्रया सबै कार्यालयको । कति पेटिका खोलेर हेर्दा भित्र माकुराको जालो देखि बारुलाले चाका लगाएको सम्म भेटिने गरेको छ ।

पछिल्लो समय यस्ता सुझाव पेटिका सबै प्रयोग विहिन बन्दै गएका छन् । नागरीकको बढि चाप र प्रसाशनिक काम हुने जिल्ला प्रशासन कार्यालयको भवन नयाँ बनाएर काम सुरु गरे पनि पुरानो शैलिबाट उजुरी लिने सुझाव पेटिका बाहिर झण्डाईएको नै छ । त्यहाँ सुझाव त के गुनासोको एक टुक्रा पनि नपरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी भगिमान मादेन बताउनुहुन्छ ।

धेरै वर्ष पहिले सुझाब र गुनासोले भरिएका पत्र पेटिकामा झर्थे, गुनासो संबोधन पनि हुने गरेको थियो मादेन अघिको कुरा संझदै भन्छन् । अहिले आएर बेला बखत सुझाव पेटिका खोले पनि केहि नहुँदा छोटो छोटो समयमा खोल्न छाडेको उनको भनाई छ ।

प्रशासन कार्यालय मात्रै होईन नागरीकको चाप बढि हुने जिल्ला मालपोत, जिल्ला समन्वय समिति, नगरपालीका कार्यालय, निर्वाचन कार्यालय कतै पनि उजुरी र गुनासो पेटिकामा नखसेको संबन्धित कार्यालयका सुचना अधिकारीहरु बताउँछन् । कति कार्यालयमात राखेपछि उजुरी पेटिकानै खोलिएको छैन ।

कसैले हालेको थाहा पाए खोल्ने गरीए राखिएको भए पनि कार्यालय समयमा हालेको पाईदैन, अरु बेला पनि हाल्दैनन् होला भनेर खोलिदैन सुचना अधिकारीहरुको प्रतिकृया रहेको छ । खोल्न छाड्दा धेरै कार्यालयको उजुरी पेटिकाको चाबि समेत लगाएर कहाँ राखियो कार्यालय प्रमुख देखि कर्मचारी सम्मलाई थाहा हुँदैन ।

जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी नवराज गिरी आफ्नो कार्यालयमा उजुरी तथा गुनासो पेटिका सिसाको पारदर्सि बनाएर राखिएको र हाले खोल्ने व्यवस्था भए पनि आज सम्म एउटा पनि उजुरी तथा गुनासो प्राप्त नभएको बताउनुहुन्छ ।

आफुले कार्यालयमा काम गरे देखि हाल सम्म उजुरी र गुनासो पेटिकामा नभेटिएको गिरीको अनुभव रहेको छ । जिल्लाका अधिकाँस सरकारी कार्यालयमा काठको उजुरी पेटिका बनाईएको छ भने केहिमा हुलाक कार्यालयको जस्तो पारदर्शि सिसाको र काठको त केहिमा फलामको पनि उजुरी पेटिकाहरु रहेका छन् ।

किन पर्दैन उजुरी पेटिकामा गुनासो र उजुरी ?
सरकारी कार्यालयहरुमा कार्यालयको कामकारवाहि, कर्मचारीको व्यवहार, ढिलासुस्ति लगायतको बारे सेवाग्राहिलाई गुनासो र उजुरी गर्न सहज होस भनि उजुरी पेटिका वा गुनासो पेटिका राखिएको हो ।

सबै सेवाग्राहि संबनिधत अधिकारी र कर्मचारी समक्ष पुगेर गुनासो र उजुरी गर्न सक्दैनन् त्यसैले सरकारी मात्रै नभई सेवा प्रदायक कार्यालयमा यस्तो पेटिका राख्ने कानुनि प्राबधान नै छ । तर पछिल्लो समय सुचना प्रविधिको विकास र नागरीकमा चेतनाको बृद्धिकै कारण सुझाव पेटिका प्रयोग विहिन भएको कार्यालय प्रमुख तथा सुचना अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रसासन कार्यालयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेन अहिले केहि गुनासो भए सुचना अधिकारीलाई र प्रमुख जिल्ला अधिकारीलाई सिदै राख्न नागरीकहरु सक्षम भएको कारण पनि गुनासो तथा उजुरी पेटिका प्रयोग विहिन भएको बताउनुहुन्छ ।

“पहिले प्रत्येक कार्यालयमा सुचना अधिकारी पनि हुदैन थिए, भए पनि सुचना संप्रेशण र नागरीकको गुनासो संबोधनमा सक्रिय नहुँदा उजुरी पेटिकाको काम थियो अहिले सुचना अधिकारी सक्रिय छन्, गुनासोको संबोधन तत्काल हुने हुँदा पनि यसको प्रयोगमा कमि आएको होला” मादेन बताउछन् ।

“पढेलेखेका, सचेत नागरीक धेरै छन्, सुचना अधिकारी त के प्रमुखलाईनै भेटेर गुनासो र उजुरी गर्छन्” –मादेनको अनुभव रहेको छ । जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी नवराज गिरीको बुझाई पनि त्यस्तै रहेको छ ।

धेरै कार्यालयले आफ्नो काम, कर्मचारीको विवरण, नागरीक बढापत्र सबै वेवसाईटमा राखने र समय समयमा कार्यालयको प्रगति विवरण पनि वेवसाईटमानै भेट्ने हुँदा धेरैले सोहि ठाउँबाट जानकारी लिने, कर्मचारीलाई र कार्यालय प्रमुखलाई भेटेर वा फोन गरेर गुनासो र उजुरी गर्ने हुँदा उजुरी पेटिकाको प्रयोग हराउको गिरीको भनाई छ ।

हात हातमा मोवाईल र मोवाईलमा ईटरनेट हुँदा उजुरी, गुनासो वेवसाईटको कमेण्ट बक्समा लेख्ने, फोन गर्ने र सुचनाको हकको प्रयोग गर्दै जानकारी लिने हुँदा पनि समय परीवर्तन सँगै उजुरी पेटिकाको प्रयोग हराएको गिरिको भनाई छ । तर केहि नागरीक भने सरकारी कार्यालयहरुमा झुण्डयाईएको सुझाव पेटिकामा सुझाव वा कुनै गुनासो हल्दापनि पेटिका नखोलिने र खोलिएपनि कार्यान्वयन नहुने भएकोले सुझाव पेटिकामा कुनै सुझावहरु वा गुनासो नपर्ने बताउँछन् । स्थानिय किरण पौडेल गुनासो र उजुरी हाले पनि सरकारी कार्यालयले त्यसको संबोधन नगर्ने हुँदापनि गुनसो र उजुरी पेटिकामा हाल्नुको अर्थ नभएकाले पर्न छाडेको फरक तर्क गछन् ।

चिठ्ठि पत्र पनि पठाउन छाडे,
जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा केहि वर्ष अघि सम्म दैनिक २÷३ सयको हाराहारीमा चिठि पत्र पोष्ट हुन्थे । रजिष्टर गरेर पठाउनेको पनि संख्या धेरैनै हुन्थ्यो ।

दैनिक चिठि पठाउँदा ३ हजार ३५ सयको हाराहारिमा राजस्व पनि जम्मा हुन्थ्यो तर अहिले सरकारी प्रमाणीत चिठि पत्र बाहेक अन्य व्याक्तिगत लगायतका पत्र आउन छाडेको जिल्ला हुलाक कार्यालयका सुचना अधिकारी नवराज गिरीको भनाई छ ।“पहिले कार्यालयको कर्मचारीलाई भ्याई नभ्याई हुन्थ्यो, अहिले कार्यालय नै सुनसान हुन्छ”– गिरीले भने ।

सुरुमा मोवाई, फ्याक्स र टेलिफोनको विकासले चिठि पत्र विस्थापित ग¥यो अहिले ईमेल ईन्टरनेट, फेसबुक, जिमेल, याहु, म्यासेन्जर लगायतले झनै प्रभाव पा¥यो अबत हातले लेखेका चिठि देख्न पनि मुस्किल पर्छ गिरिले अनुभव सुनाए ।

पहिले चिठि पत्रका धेरै कार्याक्रम स्थानिय रेडियोहरुले सञ्चालन गर्दा हुलाक मार्फत धेरै पत्र आउने भए पनि अहिले रेडियोहरुले चिठि भन्दा पनि म्यासेज र कमेण्ट पढ्ने कार्यक्रम सञ्चालन गर्ने हुँदा पनि चिठि पत्रको संख्यामा कमि हाएको हुन सक्ने स्थानिय रेडियो तमोरका स्टेसन म्यानेजर सजन पौडेको भनाई छ ।

समय अनुकुल त हुलाक कार्यालय चलेको छैन तर केहि सुधार गर्दै टेलिसेन्टर, आईएमई लगायत कुरा पनि हुलाकले सुरु गर्दै समय अनुकुल परीवर्तनको प्रयास भएको छ गिरीले भने । ताप्लेजुङमा टेलिमेसेन्टर केहि वर्ष देखि सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्