नयाँ तथ्यांक



याँगुन, (एजेन्सी)
गत अगष्टमा म्यान्मारमा साम्प्रदायिक हिंसा भड्किएयता कम्तिमा ६ हजार ७ सय रोहिँग्या मुश्लिम मारिएको मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले जनाएको छ। बंगलादेशमा शरण लिएर बसेका रोहिँग्याहरूमाथि गरिएको सर्भेक्षणबाट उक्त तथ्यांक निस्केको हो। म्यान्मार सरकारले भने ४ सय जना रोहिँग्या मात्र मारिएको बताएको थियो। एमएसएफले यस तथ्यांकले हिंसाले निकै चर्को रूप लिएको स्पष्ट पारेको जनाएको छ। म्यान्मारका सेनाले भने हिंसाको दोष आतंककारीहरूलाई दिँदै आफुले कुनै गलत कार्य नगरेको जनाएको छ। लाखौ रोहिँग्या बंगलादेश पलायन भएको थियो।

प्रतिक्रिया दिनुहोस्