विमानस्थल किनिने



नयाँदिल्ली, (एजेन्सी)
हिन्द महासागरमा चीनको प्रभावलाई सीमित पार्ने प्रयास स्वरूप भारतले विश्वकै सबैभन्दा कम चालु हुने विमानस्थल खरिद गर्ने योजना बनाएको छ। वर्षको दस लाख यात्रुलाई सुविधा दिने उद्देश्यले सन् २०१३ मा बनाइएको श्रीलंकाको मात्ताला राजपाक्षे अन्तर्राष्ट्रिय विमानस्थल खरिद गर्न लागिएको हो। श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको गौरवशाली परियोजनाको रूपमा निर्माण भएको सो विमानस्थलमा अहिले दैनिक एक दर्जन यात्रुले मात्र प्रयोग गर्ने गरेका छन्। तैपनि दक्षिणी श्रीलंकामा २ हजार एकड जमिनमा फैलिएको सो विमानस्थल भारतले ४० वर्षका लागि ३० करोड डलरमा लिजमा लिन लागेको हो।

प्रतिक्रिया दिनुहोस्