गुगलको शाखा बेइजिङमा



बेइजिङ, (एजेन्सी)
विश्वमा सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले चीनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा अनुसन्धान केन्द्र खोल्न लागेको छ। उक्त संस्था एसियामा त्यस क्षेत्रको पहिलो रिसर्च सेन्टर हुने गुगलले जनाएको छ। यसले स्थानीय प्रतिभालाई आफ्नो क्षमता देखाउने राम्रो अवसर मिल्नेछ। चीन पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विस्तारमा चासो दिइरहेको छ। चीनमा गुगल सर्च इन्जिनमाथि प्रतिबन्ध लगाइएको छ। यद्यपि उसले आफ्नो अनुसन्धान विस्तारका लागि चीनलाई रोजेको छ। गुगलले बेइजिङमा सानो कार्यालय खोल्ने र त्यसमा अन्य देशमा जस्तै सबै सुविधा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्