हात्ती बथान शहरमा



रायपुर, (एजेन्सी)
छत्तिसगढको राजधानी रायपुरमा शनिबार बिहान जंगली हात्तीको एक हुल प्रवेश गरेको बताइएको छ। हात्ती शहरको बीच भागमा टहलिरहेको स्थानीयले देखेका थिए। हात्तीको इलाकामा कोइला उत्खनन्का लागि सरकारले अनुमति दिएको महिना दिन नबित्दै हात्तीको झुण्ड शहरमा प्रवेश गरेको बताइएको छ। नयाँ रायपुर इलाकामा पुगेको उक्त झुण्डमा १८ वटा हात्ती भएको वन विभागका अधिकारीहरूले बताएका छन्। तीमध्ये केही खतरनाक पनि भएको उनीहरूले बताए। हात्ती धपाउन विभागलाई कठिन भइरहेको र आफ्नो वासस्थान छोडेर हात्ती किन आवादी भएको इलाकामा आए भन्ने प्रश्न महत्त्वपूर्ण भएको कर्मचारीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्