समलिंगीमाथि रोक



वासिङटन, (एजेन्सी)
अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पेन्टागनद्वारा समलिंगीलाई सेनामा भर्ती गर्ने कार्यलाई अर्को वर्षसम्म रोक लगाउन संघीय अदालतसँग अनुरोध गरेको छ। गत जुलाइमा ट्रम्पले ३ वटा ट्विटमा सेनामा समलिंगी व्यक्ति कुनै पनि पदमा सेवा दिन नपाउने उल्लेख गरेका थिए। त्यसपछि यस दिशामा कयौं कानुनी कदम उठाइसकेका छन्। ह्वाइट हाउसले यस विषयमा औपचारिक ज्ञापन दिएको थियो जसको कडा विरोध भएको छ। सेनाका कयौं सदस्यले र अधिकार समुहले उक्त कानुनलाई चुनौती दिएका छन्। त्यसपछि दुई संघीय अदालतले ट्रम्पको प्रतिबन्दमाथि अस्थायी रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्