हावामा भायग्रा



डब्लिन, (एजेन्सी)
यौनशक्ति बढाउन प्रयोग हुने भायग्राले आयरल्यान्डको एक शहरमा बस्ने बासिन्दाका लागि समस्या उत्पन्न गराइरहेको छ। उक्त शहरमा भायग्रा बनाउने अमेरिकी कम्पनी पिफिजरको कारखाना रहेको छ। कारखानाबाट निस्कने धुँवाका कारण त्यहाँका पुरुष र महिला मात्र होइन कुकुर पनि उत्तेजित हुने गरेको स्थानीयले बताएका छन्। आयरल्यान्डको दक्षिण पश्चिम तटको काउन्टी कर्कको रिगास्किडीमा बस्ने वासिन्दाका लागि उक्त औषधि कम्पनीबाट निस्कने धुँवा एक प्रकारले संकट नै बनेको छ। केहीले यसलाई कामुक धँुवा निःशुल्क पाइरहेकाले कसैले यसको विरुद्ध उजुरी नगरेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्