मकवानपुरलाई चिनाउने खेलाडीलाई सम्मान



हेटौंडा, (नेस)
खेल क्षेत्रमा रहेर मकवानपुरलाई चिनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई सम्मान गरिएको छ। नजिकिँदै गएको हिन्दूधर्मावलम्बी महिलाको महान् चाड हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ हेटौंडा भुटनदेवी, लियो क्लब अफ हेटौंडा भुटनदेवी र लायन्स क्लब अफ हेटौंडा मनकामनाले संयुक्तरूपमा खेलाडीलाई सम्मान गरेका हुन्।

दक्षिण एसियाकी प्रथम महिला फुटबल रेफ्री कल्पना शर्मा र मकवानपुरकी पहिलो भारोत्तोलन खेलाडी अञ्जु रानाभाटलाई सम्मान गरिएको हो। हेटौंडा उपमहानगर उपमेयर मीना लामाले उनीहरुलाई सम्मान गरेकी थिइन्।

लायन्स तथा लियो क्लब अफ हेटौंडा भुटनदेवीको नारी सम्मानअन्तर्गत् महिलाका कामलाई प्रोत्साहन गर्न यस वर्षदेखि हरेक वर्ष तीजको अवसरमा महिला सम्मान गरिने लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी एनजेएफ अंकिता सुमार्गीले बताइन्।

प्रतिक्रिया दिनुहोस्