परम्परागत गाइजात्रा पर्व मनाइयो, अवका केहीदिन तानसेन जात्रामय

0
Shares

नेपाल समाचारपत्र, पाल्पा ।  वर्षाे पहिलेदेखि जात्राको विशिष्ट परम्परावोकेको पाल्पा जिल्ला सदरमुकाम तानसेन र पाल्पामा  मंगलवार  गाईजात्रा पर्व धार्मिक एवंम सास्कृतिक पर्वको रुपमा मनाईएको छ ।

गाइजात्राको सुरुवातसँगै पाल्पा जिल्ला सदरमुकाम तानसेन अवका केहीदिन जात्रामय हुने भएको छ । रोपाइजात्रा, विभिन्न देवी देवताका नाममा निकालिने रथयात्रा र यहाको प्रसिद्ध श्री ७ रणउजेश्वरी भगवति जात्राहरु प्रायः दिनदिनै जसो यहा मनाइन्छन ।

जात्राको पहिलो दिन  भाद्र कृष्ण प्रतिपदाका दिनको गाइजात्राको  यस पर्वमा दिवंगत भएका घरको आफ्न्ताले मानिसलाई गाई को रुपमा सिगारेर परिक्रमा गराईने प्रचलन   रहेको छ । यसरी परिक्रममा गर्नले मृतकले गाईको पुच्छर समाती बैतरनी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ । यहि परम्परा अनुसार  विहानै देखी  सदरमुकाम तानसेन लगायत आसपासका नेवारी बस्तीमा गाईजात्रा निकालिएको थियो  ।

दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाइजात्रा निकाल्ने घरबाट भगवान राम, सिता, लक्ष्मण, कृष्ण, राधाको रुपमा वालवालीकालाई सिगारेर निगुणर््ा भजन, रामायण गाउदै दिवंगत आत्माको शान्तीको कामना गर्दै, बजार घुमाएका थिए । यस क्रममा काम्लाको गाइ जस्तेै आकृति(काम्ले गाइ )वनाइ वजार घुमाउने र विभिन्न व्यङ्यात्मक प्रदर्शनी समेत भएका छन । यसैगरि मृतकका परिवारहरुले भजन गाउदै निगुर्ण पनि निकालेका छन ।

त्यसो त तानसेनमा निकालिने हरेक गाईजात्राहरुले अनिवार्य रुपमा पाल्पा दरवारमा लैजाने परम्परा आजसम्म पनि कायम रहेको छ । सरकारी निकायको प्रमुख थलो मानिएको दरवारमा गाईजात्रा नदेखाएमा सरकारले मृतकहरुको रेकर्ड राख्न सक्दैन भन्ने परम्परागत मुल्य मान्यताका साथ दरवारमा गाईजात्रा लगिने गरिएको हो ।

राजा प्रताप मल्लले शोकमा परेकी रानी लाई अनेक कोशिस गर्दा समेत सम्झाउन नसकेपछि तिमी लाई जस्तो पिडा जनताहरु लाई पनि परेको छ भनी बुझाउन र बर्षभरीमा आफ्नो राज्यमा कति जनताहरुको मृत्यु भएको रहेछ भने सुचना प्राप्त गर्नको लागी मृतकको घरबाट गाईजात्रा निकाल्ने परम्पराको शुरुवात भएको मानिन्छ । आर्थिक अभाब कम भएका घरपरिवारले भने गाई लाई डो¥याएर बजार परिक्रमा गरी गाईजात्रा मनाउदै आएका छन ।

पाल्पाको सदरमुकाम तानसेन, वाहेक वर्तुङ्ग हार्थोक, रिडी, ताहु, , सिलुवा, वीरकोट लगायतका ठाउमा पनि  गाईजात्रा निकालिएको थियो ।