जोतेर खानेका लागि राप्नी नदी अविसाप, तटबन्ध नहुँदा बर्षेनी जमीन कटान

0
Shares

नरेन्द्र केसी, दाङ । राप्ती नदीमा तटबन्ध नहुँदा बर्षेनी खेतीयोग्य जमीन कटान हुने गरेको छ । यो बर्ष पनि बर्षात शुरुभएसँगै कटान शुरु भएको किसानहरुले बताएका छन् ।

यसैक्रममा राप्ती नदीले वहाव परिवर्तन गरी खेतीयोग्य जमिन कटान तिव्र पारेको छ । लमही नगरपालिका ४ वुटकौवा गाउँमा केही दिनदेखि नदीले खेतीयोग्य जमिन कटान तिव्र पारेपछि स्थानीय वासिन्दा त्रसीत वनेका छन् ।

यो गाउँका बासिन्दा राप्ती नदीको कटानले गर्दा दुइपटक विस्थापित भइसकेको छ । ‘अहिलेसम्म मेरो १५ कट्ठा जमिन राप्तीले कटान गरीसकेको छ, यस वर्ष धान रोपेको खेत पनि कटान गरीरहेको छ’– स्थानीय शान्तिप्रसाद चौधरीले भन्नुभयो– ‘हामी जमिन्दार पनि होइनौं, अर्काको जमीन जोतेर खाने हाम्रा लागि राप्नी नदी अविसाप बन्न थाले ।’ यो गाउँको मात्र करिव ३५ विगाह जमिन यो बर्ष कटानमा परेको छ । गाउँलेहरुले आफ्नै प्रयासमा कच्चि तटवन्ध गरेपछि यो बर्ष त्यसले काम गरेन ।

नदीको वहाव परिवर्तन भएपछि मकै र धान लगाएको जमिन कटान गरेको स्थानीय रेणु चौधरीले वताउनुभयो । ‘पानी पर्न थालेपछी मन रुन्छ, नदी र हामी वसेको गाउँ नजिक भैसके, तार जाली नलगाउने हो भने हाम्रो गाउँ नदीले वगाउने सम्भावना छ’– उहाँले भन्नुभयो– ‘गाउँलाई नदी कटाबाटट बचाउन तटवन्ध चाहियो ।’ आफुहरु नगरपालिकाका नागरिक भए पनि दुःख भोग्नुपरिरहेको उहाँको भनाइ छ ।

समयमा तटवन्ध नहुदा कटानको जोखिममा परेको स्थानीय अगुवा तिलकराम चौधरीले वताउनुभयो । ‘नगरपालिकाकामा निवेदन दियौं, गाउँ जोखिमममा छ, तटवन्ध गर्न योजना पार्नुपर्छ भनेर आवाज उठायौं तर, योजना परेन्’ उहाँले भन्नुभयो– ‘तारजाली मात्रै कतैवाट ब्यवस्था भए हामी आफै तटवन्ध गर्न सक्छौं, गाउँलेले नै ९० ट्रिप ढुङ्गा जम्मा गरेका छौं ।’

जनताको तटवन्ध कार्यक्रमले राप्ती नदीमा तटवन्ध गर्नुपर्ने हो । तर, जोखीम भएका क्षेत्र भन्दा पहुँचको आधारमा ठाउँहरु छनौंट गर्दा जोखीममा परेका वस्तीलाई केन्द्रित गरेर तटवन्ध नगरिएको स्थानीयको गुनासो छ । स्थानीय वुद्धिजीवि लालमणि चौधरीले गाउँको समस्या लगेर जनताको तटवन्ध कार्यालयसम्म पुगे पनि बजेट अभाव भन्दै समस्यालाई ध्यान नदिएको बताउनभयो ।

लमही नगरपालीकाका प्रमुख कुलबहादुर केसीले वुटवौगा गाउँको समस्याको वारेमा अन्य सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो । चाँडै तारजालीको ब्यवस्था हुने उहाँले बताउनुभयो । ‘वडाअध्यक्ष् संग मेरो कुरा भएको छ, इञ्जिनियरलाई लगेर त्यहाँ जाने र के कति तारजाली आवश्यक पर्छ ब्यवस्था गर्ने कुरा भएको छ’ उहाँले भन्नुभयो– ‘विपदको जोखिम कम गर्न सवै सकृय हुनुपर्छ ।’