रोनाल्डोका फलोअर्स १० करोड

0
Shares

लन्डन, (एजेन्सी)
रियल मेड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अहिले अर्को उपलब्धिबाट चर्चामा रहेका छन्। एटलेटिको मेड्रिडमाथि ३–० ले जिताउँदा रोनाल्डोले तीनै गोल गरेका थिए। यो जितले रियल यस सिजनको च्याम्पियन्स लिग फाइनल निकटसमेत पुगेको छ। यसै ह्याट्रिकले उनका इन्स्टाग्राममा विश्वभरि फलोअर्स १० करोड संख्यामा समेत पुगेका छन्। यति संख्यामा फलोअर्स हुने उनी विश्वका पहिलो खेलाडी बनेका छन्।

रोनाल्डोले उनका प्रतिद्वन्द्वी लियोनल मेसीलाई समेत इन्स्टाग्रामका फलोअर्स संख्यामा पछि पारेका छन्। मेसीका फलोअर्स संख्या ७ करोड ८ लाख रहेका छन्। बार्सिलोनाका स्टार स्ट्राइकर मेसी तेस्रो स्थानमा रहँदा उनकै टोली साथी नेयमार दोस्रो नम्बरमा छन्। ब्राजिली स्ट्राइकरले बिस्तारै आफ्ना फलोअर्स बढाउने क्रममा ७ करोड ४० लाख संख्या पुर्याएका छन्।

कसको कति फलोअर्स

क्रिस्टियानो रोनाल्डो १० करोड
नेयमार ७ करोड ४० लाख
लियोनल मेसी ७ करोड ८ लाख
जेम्स रोड्रिग्वेज ३ करोड ७ लाख
लेब्रोन जेम्स २ करोड ९९ लाख
गेरेथ बेल २ करोड ८८ लाख
जाल्टान इब्राहिमोभिच २ करोड ४७ लाख
रोनाल्डिनो गाउचो २ करोड २५ लाख
लुइस स्वारेज २ करोड १९ लाख
करिम बेन्जेमा १ करोड ८२ लाख