विश्व ताइची दिवसमा खेलाडी सम्मानित

0
Shares

काठमाडौं, (नेस)
विश्व ताइची दिवसको अवसरमा नेपाल उमा कुङफु संघले दुई खेलाडीलाई
वर्ष उत्कृष्ट खेलाडी– २०७३ अवार्डबाट शनिबार सम्मान गरेको छ।

सम्मानित हुने खेलाडीमा भारतको नयाँ दिल्लीमा भएको विश्व च्याम्पियनसिपका स्वर्ण विजेता सुमन पुटुवार तथा राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता सूर्य लामा रहेका छन्।

सोही अवसरमा अस्ट्रियामा भएको अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा उत्तीर्ण हुन सफल संजितकुमार राई र सुकुमान लामालाई पनि सम्मान गरियो।

Skip This