पानीका कारण खेल रोकियो,  नेपालको ११२ रन



२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले  मौषम गडबडी र भारी बर्षाका कारणले गर्दा ५० ओभरको खेललालाई ३८ ओभरमा छोट्याइएको छ ।

कप्तान पारस खड्काको शवास्थ स्थिती सुधार नभएका कारणले आजको कप्तानी ज्ञयानेन्द्र मल्लले समालेका थिए । ओपनिङमा ज्ञानेन्द्र मल्ल र सुनिल धमला खेलेका थिए । कप्तान बनेका ज्ञानेन्द्र मल्ल २७ रन बनाएर आउट भएका थिए भने सागर पुन १० रन जोडेका थिए । यसैगरी सुनिल धमला र शरद भेषवाकर   ३ रनमा अउट भएका थीए । बिनेद भण्डारी ४ रन र मेहेबुब आमल २ रनमा नै मैदानबाट बाहिरीए ।

यसै गरि बलर बसन्त रेग्मी ६ रनमा आउट भए । तर भारि बर्षाका कारण खेल ३५.६ ओभरमा नै रोकिएको छ ।

भने त्रिवि मैदान कीर्तिपुरमा भैरहेको खेलमा नेपाली टोलीले खासै राम्रो पर्दशनी भने गर्न सकेको छैन । तर पानि परेता पनि नेपाली समर्थकहरुमा भने कुनै कमि देखिएको छैन । पानि निकै नै ठुलो परेको छ ।

प्रतिक्रिया दिनुहोस्