भावी योजना



ईश्वरराज ढकाल
निजी विद्यालयको संगठन प्याब्सन हँुदाहुँदै हिसानले विद्यालयलाई समेत समावेश गर्न खोजेपछि विवाद हुने देखिएको छ। तर, हिसानले भने ९–१२ को संरचनालाई मात्रै आफ्नो संगठनभित्र सहभागी जनाउने दाबी गरेको छ। शिक्षा नियमावलीमा १–८ र ९–१२ बनाउने कि १–१२ बनाउने भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा दुवै निकायको संरचना कस्तो हुने भन्ने विषयमा छलफल गर्नु आवश्यक छ।

देशभरका निजी उच्च शिक्षालयलाई एकजुट बनाउँछौं। उच्च माध्यामिक शिक्षामा देखिएको विकृति र विसंगतिलाई व्यवस्थित गर्न आचार संहिता निर्माण गर्नेछौं। उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, हिसान भएपछि नयाँ योजना ल्याउने तयारीमा रहेको हिसानका महासचिव लोकबहादुर भण्डारी बताउनुहन्छ। अब देशका उच्च शिक्षालय हाक्ने संस्थाको रूपमा स्थापित हिसानलाई थप जिम्मेवारी बनाउनेछौं। नयाँ कार्ययोजना पारित गरेपछि व्यवस्थित हुने दाबी गरिएको हिसानअन्तर्गत करिब १ हजार मावि र उच्च शिक्षालयलाई एकजुट बनाएर अघि बढाउने योजना रहेको बताउँदै अध्यक्ष रमेश सिलवालले अब देशभरका उच्च शिक्षालय सञ्चालन गर्ने संस्था एउटा मात्रै हुनेछ भन्नुभयो। शिक्षा ऐनमा कक्षा १–१२ लाई माध्यामिक तह बनाएपछि तत्कालीन उच्चमावि संघ हिसानको गठनमा समेत अन्योलता उत्पन्न भएपछि नाम परिवर्तन गरिएको हो। ‘नाम परिवर्तन भएपछि हामी थप जिम्मेवार भएका छौं, हिसानलाई अब देशकै शक्तिशाली संगठनको रूपमा अघि बढाउनेछौं –अध्यक्ष सिलवालले भन्नुभयो। निजी विद्यालयको संगठन प्याब्सन हँुदाहुँदै हिसानले विद्यालयलाई समेत समावेश गर्न खोजेपछि विवाद हुने देखिएको छ। तर, हिसानले भने ९–१२ को संरचनालाई मात्रै आफ्नो संगठनभित्र सहभागी जनाउने दाबी गरेको छ। शिक्षा नियमावलीमा १–८ र ९–१२ बनाउने कि १–१२ बनाउने भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा दुवै निकायको संरचना कस्तो हुने भन्ने विषयमा छलफल गर्नु आवश्यक छ। ‘हिसानले अब कस्तो स्वरूप बनाउन भन्ने विषयमा शिक्षा नियमावली आएपछि मात्रै निश्चित गर्नेछ –महासचिव भण्डारीले भन्नुभयो।
त्यसका लागि हामीले नयाँ कार्ययोजना सार्वजनिक गरेका छौं, अब कार्ययोजनाअनुसार काम अघि बढाउने हिसानले दाबी गरेको छ। कार्ययोजनामा मुलुकभर निजी स्रोतबाट सञ्चालित उच्च माध्यमिक विद्यालय जिरो प्लस टुहरूबाट शिक्षामा गुणात्मक सुधार ल्याई राष्ट्रको विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग पुर्याउन तथा उच्च माध्यमिक विद्यालय र जिरो प्लस टुहरूबीच प्राज्ञिक एवं शैक्षिक विकास कार्यमा विचारहरूको आदान–प्रदान गरेर हिसानको उद्देश्य पूरा गर्ने योजना अघि बढाएको महासचिव भण्डारीको भनाइ छ। २०५३ सालमा स्थापना गरिएको संस्थाले नयाँ संविधान निर्माणसँगै मुलुक संघीयतामा गएको तथा संशोधित शिक्षा ऐन र प्रस्तावित शिक्षा नियमावलीका कारण निजी क्षेत्रबाट सञ्चालित शिक्षालयहरूले खेप्नुपरेका विभिन्न चुनौतीहरूको सामना गर्नका लागि पनि संस्थालाई अझ सशक्त बनाउनु आवश्यक रहेको जनाएको छ। देशको संक्रमणकालीन राजनीतिक अवस्था, संविधान कार्यान्वयनको प्रक्रिया, शिक्षा ऐनको आठौं संशोधन र प्रस्तावित शिक्षा नियमावलीले सिर्जित नयाँ परिस्थितिमा उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर राष्ट्रिय परीक्षा बोर्ड गठन भई कार्य प्रारम्भ गरेको अवस्थामा संगठनको भावी योजना, नीति कार्यक्रम र चुनौतीहरूलाई गम्भीररूपमा विश्लेषण गरी नीतिगत तहमा सम्पन्न गर्नुपर्ने विषयहरूलाई निर्णायक तहमा पुर्याउनु जरुरी उल्लेख गरेको छ।

हिसानले महाधिवेशनमा प्रतिपादन र घोषणा गरेका कार्यक्रमअनुरूप आफ्नो सांगठनिक संरचना विस्तार गरी ३५ जिल्लामा पुर्याउनुका साथै नीतिगत, प्राज्ञिक, शैक्षिक, खेलकुद एवं प्रचारात्मक गतिविधि गर्न सफल भएको छ। शिक्षा ऐनले उमावि जिरो प्लस टुहरूलाई खारेज गरेर आधारभूत (१–८) र माध्यमिक शिक्षा (९–१२) को विद्यालय शिक्षाको रूपमा व्यवस्था गरेसँगै ११ र १२ मात्रै सञ्चालन गरिरहेका उमावि⁄प्लस टुहरूको भविष्य तथा हामीले उठाउँदै आएका विषयहरू थोरै मात्र समेटिएका कारण शिक्षा ऐनलाई आलोचनात्मक समर्थन गरेर अगाडि बढेको जनाएको छ। मुलुकको विद्यमान राजनीतिक अन्योलता, संविधान कार्यान्ययनमा देखिएका चुनौती र आर्थिक स्रोतको परिचालनको सन्दर्भमा राज्यले मात्र शिक्षाको दायित्व वहन गर्न नसक्ने हुँदा निजी क्षेत्रको सहयोग र लगानीलाई गुणस्तरीय शिक्षामा नागरिकको पहुँच वृद्धिका लागि र अन्तर्राष्ट्रिय बजारमा नेपाली जनशक्तिले प्रतिस्पर्धा गर्ने गरी अगाडि बढाइनुपर्दछ। सोको व्यवस्थापन वर्तमान परिवेशमा राज्य एक्लैले गर्न आर्थिक स्रोत र साधनका दृष्टिकोणले समेत असम्भव प्रायः भएकाले निजी क्षेत्रको अपरिहार्यतालाई राज्यले ध्यान राख्नु जरुरी छ।
कार्ययोजना

संशोधित शिक्षा ऐन र प्रस्तावित शिक्षा नियमावलीअनुसार विद्यालय शिक्षाको नयाँ संरचना तय भएकाले हिसानलाई पनि सोहीअनुसार अगाडि बढाउने कार्ययोजना ल्याउनका लागि विधान संशोधनको प्रस्तावित गरिएको छ। सोही मुताविक सांगठनिक संरचना निर्माण गर्ने र विश्वविद्यालय र माध्यमिक शिक्षमा यस संघले नेतृत्वदायी भूमिका
निर्वाह गर्ने।

संशोधित शिक्षा ऐन र प्रस्तावित शिक्षा नियमावली पछि निजी उमावि प्लस टुहरूको भविष्य र लगानीको सुरक्षाका लागी पहल गर्ने।
राष्ट्रिय शिक्षा आयोगको गठन र त्यसमा हाम्रो धारणा के हुने ?
स्पष्ट हुने।
गुणस्तरीय शिक्षाको मूल प्रवाहको रूपमा हिसानले अझ प्रभावकारी भूमिका खेल्नका लागि विश्वविद्यालय शिक्षा र माध्यमिक शिक्षालाई समेटेर सशक्त संगठनको रूपमा विस्तार गरी उत्कृष्ट शिक्षा नेपालमै भन्ने नाराका साथ अगाडि बढ्ने।
पाठ्यक्रम एवं परीक्षा प्रणालीमा सुधार ल्याउन भूमिका खेल्ने।
ग्रेडिङ प्रणालीलाई वैज्ञानिक एवं अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पुर्याउनुपर्ने।
निजी लगानीमा स्वाधीन शिक्षण संस्था वा मानित विश्वविद्यालय स्थापना गर्ने बृहत् योजना र कार्यक्रम तय गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने।
जिल्ला कमिटीहरूको अधिवेशनहरू आगामी २०७४ वैशाख मसान्तभित्र सम्पन्न गर्ने र संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने।
हिसानलाई संगठित र गतिशील बनाउनका लागि एकताबद्ध बनाउँदै शैक्षिक तथा प्राज्ञिक सँग–सँगै अतिरिक्त कार्यहरू अगाडि बढाउने।
निजी कलेज⁄उमावि⁄ जिरोहरूको लगानीको सुरक्षाका लागि जोड्दार पहल गर्ने।
निजी लगानीमा स्थापित उमावि जिरो प्लस टु निजी कलेजहरूको स्थायित्व, स्विकृति, स्वामित्व, स्वायत्तता र लगानीको कानुनी संरक्षणका लागि स्पष्ट योजना ल्याउने।
राज्यको परिवर्तित संघीय अवस्थामा शिक्षाको पनि पुनर्संरचना स्वतः हुने हुँदा उच्च माध्यमिक विद्यालय र जिरो प्लस टुदेखि विश्वविद्यालयसम्मको तह, संरचना, सञ्चालन व्यवस्था र हैसियतका बारे राज्यले स्पष्ट धारणा ल्याउन दबाब
सिर्जना गर्ने।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा प्रणाली एवं उत्तरपुस्तिका पुनः परीक्षणको यथाशीघ्र व्यवस्था
हुनुपर्ने।
उमावि⁄जिरो प्लस टुहरूको गुणस्तर निर्धारण गर्न आवश्यकताअनुसार विधिसम्मत अनुगमन एवं निरीक्षण गर्ने।
निजी उमावि⁄जिरो प्लस टुमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विभिन्न विश्वविद्यालयहरूले शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने
आरक्षण कोटामा सहभागी
गराउन जोड दिने।

उमावि⁄जिरो प्लस टुहरूको भूकम्पबाट क्षति भएका भौतिक पूर्वाधार विकासमा नेपाल सरकारले दीर्घकालीन प्रयोगका लागि सरकारी जग्गा र सफ्ट लोनको व्यवस्था गर्नका लागि पहल गर्ने।

अनावश्यक शीर्षकमा विभिन्न राजनीतिक पार्टी एवं भातृ संगठनहरूबाट हुने गरेको चन्दा आतंकको विरोध⁄बहिष्कार गर्ने।

गुणस्तरीय पाठइ्पुस्तक प्रकाशन गर्ने कामको शुरुआत गर्ने।

विभिन्न संघ–संस्थासँग समन्वय गरी देशभरि रहेका उमावि र जिरो प्लस टु शिक्षक र शिक्षिकाहरूलाई आवश्यक तालिम, अभिमुखीकरण कार्यक्रम, गोष्ठी एवं सेमिनार आयोजना गर्ने।

हिसानलाई संगठित र गतिशील बनाउनका लागि सदस्यहरूलाई एकताबद्ध बनाउँदै शैक्षिक तथा प्राज्ञिक कार्यहरू निरन्तर अगाडि बढाउने।

निजी लगानीमा सञ्चालित उमावि र जिरो प्लस टुको तह संरचनात्मकरूपमा विद्यालय एवं विश्वविद्यालय तहको पुलको रूपमा रहेको यथार्थलाई बुझी विद्यालयदेखि उमावि हुँदै विश्वविद्यालयसम्मको तह संरचना, स्वरूप र सञ्चालन व्यवस्थापनमा राष्ट्रिय शिक्षा आयोगमार्फत् नीतिगत स्पष्टता ल्याउन पहल गर्ने। त्यस आवश्यकतालाई जोड दिई निजी शैक्षिक संस्थाहरूको साझा संगठनको रूपमा यही संघलाई अगाडि बढाउने।

देशभरका निजी शैक्षिक संस्थाहरूलाई एकताबद्ध बनाई हिसान अगाडि बढ्नु आजको आवश्यकतासमेत भएको छ, तसर्थ विभिन्न विश्वविद्यालय, सीटीईभीटी, नेपाल सरकार शिक्षा विभाग, शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त स्वदेशी शैक्षिक संस्थाहरू, विश्वविद्यालयदेखि माध्यमिक तहसमेत निजी शैक्षिक संस्थालाई समेटेर साझा संगठन निर्माण गर्ने र संगठन संरचना निर्माण गर्नुपर्ने।
निजी विद्यालयबाट कक्षा ११ र १२ अध्ययन सम्पन्न गरेका विज्ञान र व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका विद्यार्थीहरूको पाठइ्पुस्तक देशभरका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध गराउन व्यवस्था मिलाउने।
उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान), उमावि र जिरो प्लसटुहरूको राष्ट्रियस्तरको पेसागत संगठन भएको र सदस्य विद्यालयहरूको हक–हितको संरक्षण सम्बद्र्धन गर्ने कार्यमा क्रियाशील रहने भएको हुँदा यसले आफ्नो पेसागत मागहरूको परिपूर्तिका लागि भेटघाट, वार्ता, संवाद, अन्तरक्रिया एवं विभिन्न किसिमका दबाबमूलक कार्यक्रम आवश्यकतानुसार अख्तियार गरी आफ्नो उद्देश्य प्राप्त गर्न सदैव सक्रिय रहँदै आएको छ। यस कार्यसमिति निर्वाचित भएको यस १० महिनाको छोटो अवधिमा थुप्रै समस्याहरू आइपरे पनि त्यस्ता समस्याहरूलाई निराकरण गर्दै उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई सुदृढ गरी निजी स्रोतबाट सञ्चालित शैक्षिक संस्थाहरूमध्ये एक सशक्त संगठनको रूपमा स्थापित गर्न सबै एकजुट हुनुपर्ने बेला आइसकेको अनुभूति भएको छ।

प्रतिक्रिया दिनुहोस्