गोजु काइ कराते शुरु



काठमाडौं, (नेस)
हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले छैठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७३ को शुरुआत गरेको छ। कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल खेलकुद महासंघका कार्यवाहक अध्यक्ष अर्जुनबहादुर केसी तथा विद्यालयका संस्थापक जेबी हमालले कार्यक्रमको उद्घाटन संयुक्तरूपमा गर्नुभएको थियो। गोजु–काइ कराते प्रतियोगिताको यस शृंखलाअन्तर्गत उपत्यकाका २५ वटा विद्यालयका खेलाडी विद्यार्थीहरूले भाग लिएका छन्। प्रतियोगिता यही फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। उक्त प्रतियोगितामा १९ स्वर्ण, १९ रजत तथा ३८ कांस्य पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। साथै समग्रमा प्रथम, द्वितीय र तृतीय हुने टिमले ट्रफी चुम्नेछन् भने उत्कृष्ट पुरुष र महिला खेलाडीले समेत ट्रफी प्राप्त गर्नेछन्।

हिजाको प्रतिस्पर्धामा पुरुषतर्फको २० केजी तौल समूहमा नेसनल युनाइटेडका संगम तामाङ, चिल्ड्रेन्स मोडेलका विशाल तामाङ र नवज्ञानभूमिका दीपेश थापा, २५ केजी तौल समूहमा नेसनल युनाइटेडका अनिश अमात्य र रोहन महर्जन तथा अनमोल ज्योतिका सुशान्त खड्का, ३० केजी तौल समूहमा नेसनल युनाइटेडका प्रतीक श्रेष्ठ, जगतमन्दिरका निरज उप्रेती, नेसनल डोजोका रोहन बराम र गणेश डोजोका नयन मगर, ३५ केजी तौल समूहमा विनायक स्कुलका युवराज मगर, लुम्बिनी बिगिनर्सका रसिक पौड्याल, गणेश डोजोका दिनम खड्का र मित्रपार्क डोजोका सजित श्रेष्ठ तथा ४० केजी तौल समूहमा नेसनल युनाइटेडका जोनिस श्रेष्ठ र सुशान्त केसी, अनमोल ज्योतिका ईश्वर बस्नेत र बाल नमुनाका रोहित भुसाल सेफिाइनलमा प्रवेश गर्न सफल भएका छन्।

त्यसै गरी सोही प्रतिस्पर्धामा महिलातर्फको २० केजी तौल समूहमा नेसनल युनाइटेडकी स्मृति लामा र नवज्ञानभूमिकी सुस्मिता लामा, ४५ केजी तौल समूहमा नेसनल युनाइटेडकी सुस्मिता राई, चिल्ड्रेन्स मोडेलकी सीमा घर्ती र संगीता तामाङ तथा गोल्डेन पिककी युनिसा राई तथा ५० केजी तौल समूहमा चिल्ड्रेन्स मोडेलकी थोप्तेन डिकी लामा र बालकुमारी थामी तथा अनमोल ज्योतिकी पुष्पा श्रीष सेफिाइनलमा प्रवेश गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्