वैदेशिक रोजगारभन्दा मौरीपालनबाट गाउँमै मनग्य आम्दानी



कोपिला अर्याल, नुवाकोट ।

वैदेशिक रोजगारबाट भन्दा गाउँमै मनग्य आम्दानी हुने भएपछि पछिल्लो समय नुवाकोट जिल्लाको बुङताङ गाविसका कृषकहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् । थोरै लगानी र कम मिहेनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।

बुङताङ गाविसमा करिब एक वर्षदेखि नै मौरीपालन गर्दै आएको भएपनि १० वर्षयता भने यहाँका कृषकले व्यावसायिकरुपमै मौरीपालन गर्दै आएका छन् । गाविसका प्रत्येक घरमा मौरी पालिएको भएपनि वडा नं. ५, ६, ७ र ८ का कृषक भने व्यावसायिकरुपमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

बुङताङमा जङ्गल हुनाका साथै पर्याप्त मात्रामा तोरीको खेती गरिने र मौरीका लागि उपयुक्त किसिमको हावापानीसमेत पाइने हुँदा मौरीपालन व्यवसाय निकै फस्टाएको स्थानीय बासिन्दाको भनाइ छ । विषेशगरी यस भेगमा ब्यवसायिक कृषिजन्य वस्तुको उत्पादन निकै कम हुने भएकाले किसानहरु मौरी पालनतर्फ आकर्षित भएका हुन् ।

बुङताङका कृषकले मात्र मौरी पालनबाट वार्षिक छ लाख भन्दा बढी कमाउने गरेका छन् । मकै र कादोको उत्पादनले अधा वर्ष पनि परिवार धान्न नसक्ने भए पछि किसानहरुले यो ब्यवसायलाई प्राथमिकता दिएका छन्. । आजभोली केही किसानले यही ब्यवसायलाई आफ्नो प्रमुख आयस्रोतको रुपमा समेत लिन थालेका छन् ।

उनीहरुले यो ब्यवसायबाट प्रति परिवार वार्षिक १० देखि ५० हजार रुपैया कमाउने गरेका छन् । यसबाट घरखर्च चलाउन र छोराछोरी पढाउने खर्च समेत धान्ने गरेको ब्यवसायी धनबहादुर तामाङले बताए । तामाङका अनुसार बुङताङमा मात्रै ३० भन्दा बढी परिवारले तीन सय ९० घारमा माहुरी पालिरहेका छन् ।

त्यस मध्य तीन जनाले मात्र आधुनिक घारको प्रयोग गरेको स्थानीय ब्यवसायिहरु बताउँछन् । बाँकी सबैले अझैपनि मुढेघारको प्रयोग छाडेका छैनन् । मुढघारेमा भन्दा आधुनिक घारको प्रगोगबाट उत्पादन बढी पाइने भएकाले यसको प्रयोगलाई बढाउनु पर्ने उनीहरुको धारणा छ । मौरीबाट सोचे भन्दा बढी आम्दानी लिन पाएपछि युवा जमात पनि वैदेशिक रोजगार छाडेर मौरीपालनतर्फ आकर्षित भएका छन् ।

बुङताङमा कृषकले एउटै घरमा ५ देखि ५० घारसम्म मौरीपालन गर्दै आएका छन् । वर्षमा २ पटक मौरी घार काडेर मह निकालिने र एउटा घारमा वर्षमा १० देखि २० केजीसम्म मह पाइने कृषकको भनाइ छ । मुढे घारबाट मौरी व्यवसाय सञ्चालन गर्दै आएका कृषकले अहिले आधुनिक घारमा मौरी पाल्दै आएका छन् । आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्नपनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने मह भन्दा दुई तिहाइ बढी उत्पादन लिन सकिने उनीहरुको भनाइ छ ।

बुङताङ गाविस–४ का बीरबहादुर तामाङ मौरीपालनबाट वर्षमा रु ३ लाख आम्दानी गर्ने बताउँछन् । तामाङले ३० घार मौरी पाल्दै आएका छन् । मौरीको आम्दानीबाट ६ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउँदै आएको उनको भनाइ छ । ‘बाबुबाजेका पालादेखि नै पाल्दै आएको मौरीलाई थोरै व्यवस्थित गरेर यसैबाट घरखर्च चलाएको छु । केही रकम सञ्चित पनि भएको छ’, उनले भने । वार्ड नं. ६ का सोम्बर तामाङले पनि माहुरीबाटै आफ्नो जीविकोपार्जन चलाएको बताउँछन् । २० घार मौरी पालेका तामाङले वर्षमा रु १ लाख सम्मको आम्दानी गर्ने बताए ।

उनीहरुले यो ब्यवसायबाट प्रति परिवार वार्षिक १० देखि ५० हजार रुपैया कमाउने गरेका छन् । यसबाट घरखर्च चलाउन र छोराछोरी पढाउने खर्च समेत धान्ने गरेको ब्यवसायी धनबहादुर तामाङे बताए । तामाङका अनुसार बुङताङमा मात्रै ३० भन्दा बढी परिवारले तीन सय ९० घारमा माहुरी पालिरहेका छन् ।

त्यस मध्य तीन जनाले मात्र आधुनिक घारको प्रयोग गरेको स्थानीय ब्यवसायिहरु बताउँछन् । बाँकी सबैले अझैपनि मुढेघारको प्रयोग छाडेका छैनन् । मुढघारेमा भन्दा आधुनिक घारको प्रगोगबाट उत्पादन बढी पाइने भएकाले यसको प्रयोगलाई बढाउनु पर्ने उनीहरुको धारणा छ ।

जिल्ला विकास समितिको स्थानीय विकाष कोष र लघु उद्यम विकास कार्यक्रमले सामान्य तालिम दिएपछि २०५७ सालदेखि यस क्षेत्रमा सुरु भएको माहुरी पालन ब्यवसायले अहिले ब्यवसायिक रुप लिन थालेको छ । आपूmले दुई ओटा घार बाट सुरु गरेको मौरी पालन अहिले १० घार पुर्याएको धनबहादुर तामाङ बताउँछन् ।

अझ विस्तार गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । सरकारले दुर्गम ग्रामीण भेगका किसानहरुलाई ब्यवसायिक विकासका लागि प्रोत्साहन गर्ने खालका ठोस कार्यक्रम सञ्चालन गरेर ब्यवसायिक विकास र प्रवद्धन गर्न सहयोग गर्नु पर्ने किसानहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्