यसुदाको डिलर सुर्खेतमा



शेरबहादुर थापा,
सुर्खेत, १७ माघ ।
यसुदाको सोरुम सुर्खेतमा खुलेको छ । घरमा चाहिने सबै प्रकारमा इलेक्ट्रिक सामानहरुको उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको यसुदा ब्राण्डको सोरुम खगेन्द्र जिपसले सञ्चालनमा ल्याएका हुन ।

सोरुमको उद्घाटन सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतीले गरे । सोरुम सञ्चालक खगेन्द्र जिसिले टि.भि., फ्रिज देखि हिटरसम्म, पंखा देखि राइस कुकर सम्मका सबै इलेक्ट्रिक सामानहरुको बिक्री वितरण गरिनुका साथै हरेक सामानहरुमा वारेण्टी समेत दिइने जनाए ।

उक्त व्राण्डका सबै सामानहरुको मर्मत गर्नका लागि सर्भिस सेन्टर समेत सञ्चालन गरिसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्