घमाईलो दिनमा दर्शकका लागि रमाईलो गीत र नाँच



दुर्गाप्रसाद शर्मा, पर्बत ।
अघिल्लो दिन पानी परेर निर्थुक्क भिजेको थियो पर्वतको कुस्मा र पर्वत महोत्सबस्थल । शनिबार बिहानै देखि पारिलो घाम लागेपछि हजारौ र्दशकले खचाखच भरिएको थियो महोत्सबस्थल ।

माघमा लागेको पारिलो घाममा भरिएका दर्शकलाई ख्यातीप्राप्त गायकहरु राजन ठकुरी र प्रकाश सपुतले छमछमी नचाए ।
लोकदोहोरी गायक राजन ठकुरीले ‘सिमसिम पानी रैछौ बेइमानी’ ‘एउटा चिठ्ठी लेख्न मन लाछ’ गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । उनको भर्खर बजारमा आउन लागेको कौडागीत ‘मनै छोयो बुट्टे चोलीले’ गीत गाएर दर्शकलाई नचाएका थिए ।

अर्का कलाकार तथा सञ्चारकर्मी प्रकाश सपुतले माकुर माकुर घुर गाएर नचाए भने यस्तै छ कहानी परदेशीको गाएर प्रदेशमा श्रीमान पुगेका महिलाहरुलाई निक्कै भावुक पनि बनाए । पछिल्लो समय गायन सँगै मोडलिङबाट पनि आफुलाई स्थापित गराएका सपुतले ‘हेरेहरे नारायण, ‘तोरि भएछ’, सनाईको पेपे, लगायतका गीत गाए ।

महोत्सबमा सपुल र तुलसा जिसीले दोहोरी गाएर सबैभन्दा बढी दर्शकलाई नचाए । जिसीले ‘सुन्तलाले छेकिनी’ लगायतका गीतबाट स्टेज तताईन । अर्की कलाकार भूमिका गिरीले धेरै नाँच र गीतबाट दर्शकको मन जीतिन । गायकहर राजन गुरुङ्ग दिपक गदाल, राजेन्द्र सापकोटा लगायतले पनि मनोरञ्जन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्