मीरा राई साहसी वर्ष व्यक्ति



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन्।

विश्व प्रसिद्ध नेसनल जोग्राफिक च्यानलले राईलाई ‘एड्भेन्चर अफ द इयर २०१७’ घोषणा गरेको हो। उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई उछिनेर धावक राई साहसी व्यक्ति हुन सफल भएकी हुन्।

विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ।
नेसनल जोग्राफिकको वेभसाइटमा प्राप्त मतका आधारमा मीरालाई छनोट गरिएको थियो।

भोजपुरमा जन्म भएका २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आएकी छन्। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिएकी राई शान्ति सम्झौतापछि वैदेशिक रोजगारीमा समेत गएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्